Skip to main content

राजेन्द्र भण्डारीका प्रतिनिधि कविता प्रकाशित हुने !

राजेन्द्र भण्डारी चर्चित नेपाली भाषी भारतीय कवि हुन् । कवितामा सामाजिक परिवेश र समाजमा विद्यामान गरिबी अभावजस्ता समस्यालाई कविताको विषयवस्तु बनाएका छन् उनले । वर्गीय पक्षधरताका सवालमा उनले हुनेखाने र हुँदा खाने वर्गका बीचको समस्यालाई पनि उठान गरेका छन् । सामन्य जनताका समस्या, प्रशासनिक अकर्मन्यताबाट जनताले पाएको सास्ती र त्यसको सुधारको अपेक्षा उनका कवितामा देखिन्छ । सीमापारि बसेर नेपाली कविता क्षेत्रमा भण्डारीले पुर्‍याउनु भएको योगदानको कदर गर्दै उनका चयनित कवितालाई सम्पादन गरी प्रकाशन गर्न पाउँदा पेज टर्नर प्रा. लि . गौरवको अनुभव गरिहरेको छ ।

मनप्रसाद सुब्बाका प्रतिनिधि कविता प्रकाशन हुने !

सीमाना बोल्दो रहेनछ । एउटै भाषा, संस्कृति भए पनि राजनीति सीमानको पर्खाल अनौठो हुँनेरहेछ । सीमानामा रहेर वा सीमाना पारि रहेर गर्नुपर्ने धेरै कुराहरू फरक फरक हुँदारहेछन् । मनप्रसाद सुब्बा सीमानापारि रहेर जेजति काम गरेका छन् ती अब्बल छन् । किनारामा परेका मान्छेहरूका दबेका आवाजलाई बुलन्द गर्न उतिकै काबिल छन् । सहित्यकर्मका सापेक्षतामा उनको योगदानलाई जसरी मूल्याङ्कन गरिएको छ त्यो कम भएको अनुभव गरेका छौँ हामीले । यसै सन्दर्भमा सुब्बाका प्रतिनिधि कवितालाई पेज टर्नर प्रा.लि. काठमाडौँले सार्वजनिक गर्दै छ । ‘साहित्यको कुनै सीमाना हुँदोरहेनछ’ भन्ने बोध भएको छ हामीलाई । कविकर्मको मूल्याङकन भूगोलका आधारमा नभएर कविताको गुणवेत्ताको आधारमा गर्नुपर्छ भन्दै उनका छानिएका कविताहरू सार्वजनिक गरेका छौँ ।

डा. थापाको ‘सन्तापको धून’ कथासङ्ग्रह प्रकाशित हुँदै !

डा. थापाको ‘सन्तापको धून’ कथासङ्ग्रह प्रकाशित हुँदै !नेपाली भाषा-साहित्य क्षेत्रका युवा लेखक एवम् उपप्राध्यापक डा. अशोक थापाको कथासङ्ग्रह ‘सन्तापको धून’ प्रकाशनको अन्तिम तयारीमा पुग्दा हामी हर्षित छौँ । आज साउन १५ गते खीर खाने दिनको अवसर पारेर यस कृतिको आवरण सार्वजनिक गरेका छौँ । पेज टर्नर प्रा.लि., काठमाडौँबाट हामीले प्रस्तुत कथासङ्ग्रहसँगै प्रकाशनारम्भ गरेका छौँ ।पर्यावरण, मिथकीयता, सामाजिक धरातलभित्रका मसिना तर गम्भीर विषय यस सँगालोमा समेटिएका कथाका मुख्य विषयवस्तु हुन् । भदौ दोस्रो हप्ताबाट बजार प्रवेश गर्ने यस कथासङ्ग्रहबाट पाठकहरूले नवीन स्वादको पाठकीय अनुभूति गर्नेछन् भन्ने विश्वास हामीले लिएका छौँ । मानवजीवनमा सन्ताप सँगसँगै छ । हृदयमा सन्ताप नभएका व्यक्ति हुँदैनन् । सन्ताप ऊर्जा पनि हो जिउँदो छु भन्नेका लागि । कसैलाई बाँडेर पनि सन्ताप आत्माबाट सजिलै दूर हुँदैन । सन्ताप छ र त जीवनमा रोमाञ्चक मोडहरू छन् । खासमा अन्योन्याश्रित सम्बन्ध देखिन्छ यी दुईका बीचमा । स्वान्त सुखायमा भन्दा जिन्दगी बाँच्नको मजा सन्तप्त जीवनमा अधिक छ । सन्तापलाई न भित्रै दबाएर सुखानुभूति गर्न सकिन्छ न अरूलाई वितरण गरेर पूर्णनिर्मूल हुन्छ । सन्तापलाई जीवनको धून सम्झेर उत्सवमय बनाउँदै लाने हो भने मात्र सच्चा जीवन जिउन सकिन्छ भन्ने भाव सम्प्रेषण भएको छ ‘सन्तापको धून’ कथासङ्ग्रहमा ।नयाँ पुस्ताका पाठकका अनेक रुचिहरू भित्र यो कथा संग्रहले आफ्नो दरिलो स्थान ओगट्ने कुरामा हामी विश्वस्त छौँ । उनीहरूलाई नेपाली किताब पढ्नतिर यसले अवस्य प्रेरित गर्नेछ । त्यस्ता पुस्तक जसले उत्प्रेरणाका उज्याला सम्भावनाका ढोका खुलाउने अभिप्राय राखेका हुन्छन् ती पुस्तक जरुर युवापाठकका ढुकढुकी बन्नुपर्छ । जटिलताभित्र पनि ऊर्जाको नयाँ गोलार्द्ध उघार्न सक्षम नयाँ कथासङ्ग्रह ‘सन्तापको धून’ बजारमा ल्याउन पाउँदा उत्साहित छौँ ।त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा प्राध्यापनरत डा. थापा पोखराका स्थायी बासिन्दा हुन् । यो उनको पहिलो कथासङ्ग्रह हो ।

योगी नरहरिनाथका दुर्लभ र अप्रकाशित रचना

योगी नरहरिनाथका दुर्लभ र अप्रकाशित रचनामध्येको एक हो ‘वैदिक सिद्धान्त, वैदिक साम्यवाद र मानव धर्म ।’ यस पुस्तकले योगीजीको बहुआयामिक, अध्ययनशील, कर्मयोगी र अजेय व्यक्तित्वको परिचय मात्रै दिँदैन, समग्र जगतको हितका लागि वैदिक साहित्यले निर्देशित गरेको दिव्य र कल्याणकारी मार्ग, मान्छेलाई श्रेष्ठतम प्राणी बनाउन आवश्यक नैतिक र यौगिक अनिवार्यताहरू, तथा हाम्रा प्राचीन, वैदिक ग्रन्थमा उल्लेखित साम्यवादका सर्वमान्य आधारहरूको बृहत् ज्ञानलाई पनि सरल र बोधगम्य भाषामा पाठकहरूसमक्ष राख्ने छ । यस पुस्तकलाई पेज टर्नरले छिटै नै बजारमा ल्याउने तयरी गरिरहेको छ । साथै योगी नरहरिनाथका अन्य अप्रकाशित कृतिलाई पनि क्रमशः प्रकाशित गर्दै जाने तयारीमा छौं ।

My cart
Your cart is empty.

Looks like you haven't made a choice yet.