Skip to main content

सदस्यतापत्र

प्रिय पाठक पुस्तकबिनाको घर र पठनबिनाको जीवनको के सार हुन्छ र ? पुस्तक र पठन गाँस र सासजत्तिकै अपरिहार्य हुन् । पेज टर्नरले यस कुरालाई गम्भीर रूपमा मनन गरेको छ । यसका लागि हामी केही पहल गरिरहेका छौँ । पठन संस्कृतिको विकास कसरी गर्ने ? पुस्तक सर्वसुलभ कसरी बनाउने ? दुर्गममा, पुस्तक हत्तपत्त नपुग्ने ठाउँमा पनि पुस्तकको उपलब्धता कसरी सुनिश्चित गराउने ? कसरी साहित्यको विस्तारलाई देशव्यापी बनाउने ?

हामी तपाईंका यी सबै प्रश्नका उत्तर बोकेर आएका छौँ । यहाँ एउटा फारम संलग्न छ । यसलाई भरेर तपाईं हाम्रो अभियानमा सहभागी हुन सक्नुहुनेछ, र लाभ उठाउन सक्नुहुनेछ । यो फारम भरेपछि तपाईं पेज टर्नरको बुक क्लबको सदस्य बन्नुहुने छ । यस क्लबका सदस्यले समान्य शुल्कमा आफूले पढ्न चाहेको पुस्तक सहजै प्राप्त गर्नेछन् । पेज टर्नर प्रा.लि.ले आफ्ना प्रकाशन उच्चतम छुटमा उपलब्ध गराउनेछ । अन्य प्रकाशनबाट प्रकाशित पुस्तकहरू केही सेवाशुल्क लिएर उपलब्ध गराउने छ । साथै, हामीले व्यवस्था गरेका अनेकौँ सुविधाको फाइदा पनि उठाउन सक्नुहुनेछ । फारम यहाँ संलग्न छ

My cart
Your cart is empty.

Looks like you haven't made a choice yet.