GASH, BAS RA ZINDAGI
गास, वास र जिन्दगी
पुस्तकको बारेमा
‘गाँस, वास र जिन्दगी’ फगत एउटा आत्मकथा होइन । यो अभावमा जन्मिएको जीवनले सम्भावनासम्म पुग्नका निमित्त अपनाएको एउटा साहसिक यात्राको सूक्ष्म र सजीव साक्ष्य हो । नेपालका दुर्गम पहाडमा गाँस र वासकै अनिश्चितताबीच हुर्किएको एक बालक कसरी शिक्षाको उज्यालो समाएर जीवनको दिशा बदल्छ, आमाको मौन त्यागले कसरी पुस्तौँदेखिको गरिबीको घेरा चिर्छ, र सङ्कल्पले कसरी सुदूरका दुई भिन्नभिन्न संसारलाई जोड्छ – यस पुस्तकले ती सबै प्रश्नको उत्तर दिन्छ । जहाँ एक संसारमा जिन्दगी अधिकांश अवस्थामा पेट पाल्ने सङ्घर्ष हो, त्यहीँ अर्को संसारमा जिन्दगी अर्थ, अवसर, र उत्तरदायित्वको खोज बन्छ । पीडा, परिश्रम र असफलताका निजी अनुभव र पुनर्जन्मका विश्वासधाराहरूमा टेकेर लेखिएको ‘गाँस, वास र जिन्दगी’ ती सबैका लागि हो जसले जीवनलाई केवल बाँचाइमा सीमित नराखी अर्थपूर्ण यात्रामा रूपान्तरण गर्न चाहन्छन् । यो पुस्तकले सम्झाउँछ – शिक्षा केवल रोजगारीको साधन होइन, यो गरिबी तोड्ने शक्ति हो, आत्मसम्मान निर्माण गर्ने आधार हो, र जिन्दगीलाई गाँस र वासभन्दा माथि उठाउने बाटो हो । यो पुस्तक लघुताभास र अकर्मण्यताका दलदलमा फसेकाहरूका लागि एउटा उत्प्रेरक हो, र सङ्कल्प–यात्रीहरूका लागि एउटा बलियो सहयात्री पनि हो ।
-
PublisherPAGE TURNER PVT. LTD.
-
Genre
-
LanguageNepali
-
Published
-
Edition
-
OriginNepal
-
ISBN139789937932097
-
ISBN109937932092
-
Pages290
-
Dimensions5.2 x 7.7 x 0.7 “
-
Weight208 g
-
Subject
Story
-
PAGE TURNER PVT. LTD.
-
015913771
-
Hotel Snow Lion Building KMC-28, Bagbazar, Kathmandu, Nepal
-