Skip to main content
MANASWINI

MANASWINI

मनस्विनी

Paperback Book

Price not available
Price not available

पुस्तकको बारेमा

नारीमुक्तिको सेरोफेरोमा गरिने तर्क, वकालत र आन्दोलनमा एकाध कुरा मात्रै सतहमा आउँछन् — पुरुषसत्ताको ज्याद्रो उत्पीडन छ, समाज विभेदकारी छ, अधिकारहरू असमान छन् । ती देखिने समस्या हुन् । तर नारीले भोग्नुपरेका नदेखिने समस्याको डोरी अन्त्यहीन छ । कतै बाउबाजेको अहंको बलिबेदीमा समिधा बनाइन्छन्, कतै सम्पत्तिको चाङभित्र सतीदेवी बन्छन्, कतै विदेशका बजारमा उपभोग्य वस्तु बनाइन्छन्, कतै पुरुषको वंश थामिदिने बाध्यताभित्र च्यापिएर मर्छन् र कतै आफ्नै रूप र सौन्दर्यको पासोमा फस्न पुग्छन् । केही विशिष्ट अवस्थामा भने आवरणमा पुरुषजस्ता देखिने र व्यवहारमा फरक लैङ्गिक स्वभाव भएका क्लीवका भार्‍या भएर एउटा निकासविहीन बाँझो जीवन बिताउन बाध्य हुन्छन् । भन्न नमिल्ने, अपिल गर्न नमिल्ने, नारा लगाउन पनि नमिल्ने यी समस्याको भुँवरीमा एउटी स्वप्नद्रष्टा नारी कसरी पलपल मरिरहेकी हुन्छिन् — त्यसको बहस हुनै बाँकी छ ।
यी अनगिन्ती अदृश्य समस्यको एउटा सादृश प्रतिरूप हुन् मनस्विनी । उनको फूलजस्तो जीवन, उमेरसँगै पुरुष अहंको बज्रपातले तहसनहस उनको जवानी र वर्तमान तथा उनको निकासविनाको भविष्य — यिनै कुराको मार्मिक र कारुणिक आख्यानीकरण हो उपन्यास ‘मनस्विनी’ । पाका एवं अनुभवी साहित्यकार भुवनहरि सिग्देलको उपन्यासभित्र फरक फरक लङ्गिकता, विभेदकारी समाज र इतिहास, एवं अकर्मण्ड र गतिकुण्ठित समाजको एउटा डरलाग्दो वृत्तचित्र बुनिएको छ

  • Publisher
    PAGE TURNER PVT. LTD.
  • Genre
  • Language
    Nepali
  • Published
  • Edition
  • Origin
    Nepal
  • ISBN13
    9789937932097
  • ISBN10
    9937932092
  • Pages
    290
  • Dimensions
    5.2 x 7.7 x 0.7 “
  • Weight
    208 g
  • Subject

    Story

  • PAGE TURNER PVT. LTD.
  • 015913771
  • Hotel Snow Lion Building KMC-28, Bagbazar, Kathmandu, Nepal
  • QR Code
My cart
Your cart is empty.

Looks like you haven't made a choice yet.