Skip to main content
NAYA MUGLAN
NAYA MUGLAN

NAYA MUGLAN

नयाँ मुगलान

Paperback Book

Price not available
Price not available

पुस्तकको बारेमा

स्वेच्छाले होस् वा बाध्यताले— मान्छे बसाइँ सरिरहने प्राणी हो । भूपरिवेश, राजनीतिक–आर्थिक अवस्था अथा सांस्कृतिक सम्बन्धहरूका कारण कतिपय समुदायको बसाइँ सराइमा विशेष प्रकारको संरचना वा स्वभाव देखिन्छ । नेपालभित्रका नेपालीहरूको हकमा जागीर खान, अझ सुलभ गौरचन खोज्न अथवा कृषिबालीको अझ बलियो सम्भावना खोज्न ‘मुगलान’ तिर प्रवेश गर्ने प्रवृत्ति अङ्ग्रेजहरूको शासनकालमै सुरु भएको देखिन्छ । यस प्रवृत्तिको नालीबेली उपन्यासकार गोविन्द भट्टराईले २०३१ सालमा आफू २१ वर्षको तेन्नेरी हुँदै प्रकाशित ‘मुगलान’ उपन्यासमा केलाएका छन् । आज करिब आधा शताब्दीपछि पनि नेपालीहरूमा मुगलाने प्रवृत्ति कायमै छ, तर मुगलान फेरिएको छ । आजको मुगलान भारतमा सीमित छैन । त्यो मध्यपूर्व, युरोप, अमेरिका, अष्ट्रेलिया हुँदै विश्वका धेरै देशहरूमा फैलिसकेको छ । फलतः गाउँ सुक्दै जाने, खुम्चँदै जाने, एक्लिँदै जाने तथा विशाक्त र विक्षिप्त हुँदै जाने रोगले नेपालको ग्रामीण भेग आक्रान्त छ । शहर गाउँको आत्मासम्मै पसेको छ गाउँको निर्मल धनुलाई भित्रैदेखि हल्लाइदिको छ । ‘मुगलान’ प्रकाशनको ५० वर्षपछि विकसित यस विकराल परिस्थितिको चित्रण नै उपन्यासकार भट्टराईको ‘नयाँ मुगलान’ को मूल ध्येय हो । अनौठो कलात्मकताका साथ आफ्नो चिरपरिचित ठेट पूर्वेली गाम्बेसीको भाषामा कुँदिएको यो उपन्यास विगत आधा शताब्दीको ‘पलायन–महात्म्य’ हो ।

  • Publisher
    PAGE TURNER PVT. LTD.
  • Language
    Nepali
  • Published
    2081-09-12
  • Edition
    1 St
  • Origin
    Nepal
  • ISBN13
    9789937932097
  • ISBN10
    9937932092
  • Pages
    290
  • Dimensions
    5.2 x 7.7 x 0.7 “
  • Weight
    208 g
  • Subject

    Story

  • PAGE TURNER PVT. LTD.
  • 015913771
  • Hotel Snow Lion Building KMC-28, Bagbazar, Kathmandu, Nepal
  • QR Code
My cart
550.00