Skip to main content
NAYA MUGLAN
NAYA MUGLAN

NAYA MUGLAN

नयाँ मुगलान

Paperback Book

NPR375.00

पुस्तकको बारेमा

स्वेच्छाले होस् वा बाध्यताले— मान्छे बसाइँ सरिरहने प्राणी हो । भूपरिवेश, राजनीतिक–आर्थिक अवस्था अथा सांस्कृतिक सम्बन्धहरूका कारण कतिपय समुदायको बसाइँ सराइमा विशेष प्रकारको संरचना वा स्वभाव देखिन्छ । नेपालभित्रका नेपालीहरूको हकमा जागीर खान, अझ सुलभ गौरचन खोज्न अथवा कृषिबालीको अझ बलियो सम्भावना खोज्न ‘मुगलान’ तिर प्रवेश गर्ने प्रवृत्ति अङ्ग्रेजहरूको शासनकालमै सुरु भएको देखिन्छ । यस प्रवृत्तिको नालीबेली उपन्यासकार गोविन्द भट्टराईले २०३१ सालमा आफू २१ वर्षको तेन्नेरी हुँदै प्रकाशित ‘मुगलान’ उपन्यासमा केलाएका छन् । आज करिब आधा शताब्दीपछि पनि नेपालीहरूमा मुगलाने प्रवृत्ति कायमै छ, तर मुगलान फेरिएको छ । आजको मुगलान भारतमा सीमित छैन । त्यो मध्यपूर्व, युरोप, अमेरिका, अष्ट्रेलिया हुँदै विश्वका धेरै देशहरूमा फैलिसकेको छ । फलतः गाउँ सुक्दै जाने, खुम्चँदै जाने, एक्लिँदै जाने तथा विशाक्त र विक्षिप्त हुँदै जाने रोगले नेपालको ग्रामीण भेग आक्रान्त छ । शहर गाउँको आत्मासम्मै पसेको छ गाउँको निर्मल धनुलाई भित्रैदेखि हल्लाइदिको छ । ‘मुगलान’ प्रकाशनको ५० वर्षपछि विकसित यस विकराल परिस्थितिको चित्रण नै उपन्यासकार भट्टराईको ‘नयाँ मुगलान’ को मूल ध्येय हो । अनौठो कलात्मकताका साथ आफ्नो चिरपरिचित ठेट पूर्वेली गाम्बेसीको भाषामा कुँदिएको यो उपन्यास विगत आधा शताब्दीको ‘पलायन–महात्म्य’ हो ।

  • Publisher
    PAGE TURNER PVT. LTD.
  • Language
    Nepali
  • Published
    2081-09-12
  • Edition
    1 St
  • Origin
    Nepal
  • ISBN13
    9789937932097
  • ISBN10
    9937932092
  • Pages
    290
  • Dimensions
    5.2 x 7.7 x 0.7 “
  • Weight
    208 g
  • Subject

    Story

  • PAGE TURNER PVT. LTD.
  • 015913771
  • Hotel Snow Lion Building KMC-28, Bagbazar, Kathmandu, Nepal
  • QR Code
My cart
Your cart is empty.

Looks like you haven't made a choice yet.