Parda Pachhadiko Bhutan
पर्दापछाडिको भूटान
पुस्तकको बारेमा
बलराम पौड्यालकृत ‘पर्दापछाडिको भूटान’ इतिहास र संस्मरणको एउटा जीवन्त दोभान हो । भूटान राष्ट्रको राजनीतिक–समाजिक इतिहास, त्यहाँ नेपालीभाषीहरूको आगमन र बसोबास, तथा मुलुकको विकास, रक्षा र प्रशासनमा उनीहरूको भूमिकाको तथ्यगत र विश्वसनीय दस्तावेजीकरण यस कृतिले गरेको छ । भूटानबारे सुनिएका किंवदन्ती र भोगिएको यथार्थबीचको खाडललाई पनि यस कृतिले सतहमा ल्याएको छ । बीसौँ शताब्दीको मध्यतिर सुरु भएको नेपालीभाषी भूटानी नागरिकमाथिको राज्य–प्रायोजित अत्याचार र १९८० को दशकमा त्यसले लिएको उग्र अमानवीय रूपको तथ्यगत् विवरण कृतिमा समेटिएको छ । त्यसपछि भएको नेपालीभाषीहरूको विवश पलायन, बाटाका दुःख, नेपालको दारुण शरणार्थी जीवन, समस्या समाधानका लागि भएका क्षेत्रीय र बहुपक्षीय प्रयास, शरणार्थीहरूको तेस्रो मुलुकमा पुनर्वास र अझै पनि सुल्झन बाँकी रहेका यावत् समस्याहरू यस पुस्तकभित्रका पानाहरूमा समेटिएका छन् । लेखक आफैँ भूटान पिपल्स पार्टीका अध्यक्ष रहनुभएको र नेपालीभाषी भूटानीहरूको निर्वासनको प्रत्यक्ष भोक्ता, समाधानका लागि भएका प्रयासका एक अग्रणी नेतृत्वकर्ता र आप्रवासनमा गरेर पनि, आजपर्यन्त यस समस्याको दिगो समाधानका लागि प्रयासरत रहनुभएको व्यक्तित्व भएको हुँदा पुस्तकले समेटेका विषयहरू प्रामाणिक, आधिकारिक र विश्वसनीय छन् ।
-
PublisherPAGE TURNER PVT. LTD.
-
Genre
-
LanguageNepali
-
Published
-
Edition
-
OriginNepal
-
ISBN139789937932097
-
ISBN109937932092
-
Pages290
-
Dimensions5.2 x 7.7 x 0.7 “
-
Weight208 g
-
Subject
Story
-
PAGE TURNER PVT. LTD.
-
015913771
-
Hotel Snow Lion Building KMC-28, Bagbazar, Kathmandu, Nepal
-