SATYAM
सत्यम्
पुस्तकको बारेमा
यस अवसरमा नेपाली भाषा-साहित्यमा गहिरो अभिरुचि भएका युवा लेखक लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ प्रकाशनको खबर साझा गर्न पाउँदा हामी हर्षित छौँ । विशेषतः पश्चिम नेपाल गण्डकी पानीढलो, त्यसभित्र पनि स्याङ्जा जिल्लाभित्र प्रचलित भाषिक सौन्दर्यका साथ कुँदिएका यी कथामा लेखकले माओवादी द्वन्द्वको पृष्ठभूमिमा सिर्जित नेपाली समाजका अनेक पाटालाई उत्खनन् गरेका छन् । यथार्थवादी धारका यी कथामा सामाजिक विभेद, असमानता तथा जनयुद्धका त्रासदी समेटिएका छन् । बालवयका स्वरलहरीमा मिसिएर आएका अनेक लोकभाकाका मुर्च्छना र लोकसंस्कृतिको सुगन्ध पनि पाइन्छ । स्याङ्जाको टाकुरामा टेकेर उडेका भावना मध्यपश्चिम, सुदूरपश्चिम र पूर्वतिरसमेत डुल्न भ्याएका छन् । पर्यावरणीय चेत र वस्तुवादी धार कथाका मुख्य सार हुन् ।
मानिसले भोगेको समय र समाज सत्य हो, सत्यका अनेक परिभाषा र दृष्टिकोण हुन सक्छन् । त्यही एक र अनेक परिवेशको धुरीमा टेकेर रचिएका कथाहरूले कुनै न कुनै रूपमा समाजभित्रका विसंगति, विद्रोह र प्रेमप्रणयलाई जोडेका छन् । प्रकृति र जीवनबीचको निकटता चिहाउने प्रयास गरेका छन् । वैदिक सनातन धर्मदर्शनको आँखाबाट हेर्ने हो भने सत्यम्- सत्यम्, शिवम्, सुन्दरम्को एक अंश हो । अर्थात् सत्यम् भनेको ईश्वर हो । मानव सभ्यता ईश्वरको सिर्जना मानिन्छ । ईश्वरले सिर्जना गरेका अनेक रङहरूको कलापूर्ण चेतना पनि हो समाज । यही समाजका आरोहअवरोहको विम्बको रूपमा पनि सत्यम् कथासङ्ग्रहलाई लिन सकिन्छ ।
-
PublisherPAGE TURNER PVT. LTD.
-
Genre
-
LanguageNepali
-
Published2082.02.24
-
Edition1st
-
OriginNepal
-
ISBN139789937932097
-
ISBN109937932092
-
Pages290
-
Dimensions5.2 x 7.7 x 0.7 “
-
Weight208 g
-
Subject
Story
-
PAGE TURNER PVT. LTD.
-
015913771
-
Hotel Snow Lion Building KMC-28, Bagbazar, Kathmandu, Nepal
-