Skip to main content
VIMUKTI
VIMUKTI

VIMUKTI

विमुक्ति

Paperback Book

NPR450.00

पुस्तकको बारेमा

‘अन्धकूप’ नामक प्रयोगशील र विज्ञान–आधारित उपन्यास प्रकाशित गरेर आख्यान लेखनमा प्रवेश गरेका सर्जक झम्क तिमल्सिना आफ्ना रचनाहरूमा विषयको क्रमभङ्गता र शैलीको नवीनताका लागि परिचित छन् । आफ्नो दोस्रो उपन्यास ‘विमुक्ति’ मा उनले पुस्तान्तरसँगै सतहमा आउने मूल्यहरूको घर्षण, प्राथमिकताहरूको पृथकीकरण र सम्बन्धको ह्रासलाई विषय बनाएका छन् । बढ्दो उमेरसँगै एक्लिँदै गएका बाआमा, र जति नै वैभव र सम्पन्नता भए पनि जीवनको गोधूलिमा उनीहरूले अनुभव गर्ने गरेको एक्लोपन यस उपन्यासको मूल विषय हो । घरघरमा देखिने मूल्य–घर्षण र प्रथमिकताहरूको टकरावका कारण एक्लिँदै गएको बाआमाको पुस्ता, र कमजोर हुँदै गएको पारिवारिकताको जग आजको एउटा ज्वलन्त र सार्विक कथा हो । सम्बन्ध, उमेर र पारिवारिकताका यिनै पाटा समेटिएको समाजिक–पारिवारिक उपन्यास हो ।

  • Origin
    Nepal
  • ISBN13
    9789937932097
  • ISBN10
    9937932092
  • Pages
    290
  • Dimensions
    5.2 x 7.7 x 0.7 “
  • Weight
    208 g
  • Subject

    Story

  • PAGE TURNER PVT. LTD.
  • 015913771
  • Hotel Snow Lion Building KMC-28, Bagbazar, Kathmandu, Nepal
  • QR Code
My cart
Your cart is empty.

Looks like you haven't made a choice yet.