Skip to main content

मनप्रसाद सुब्बाका प्रतिनिधि कविता प्रकाशन हुने !

सीमाना बोल्दो रहेनछ । एउटै भाषा, संस्कृति भए पनि राजनीति सीमानको पर्खाल अनौठो हुँनेरहेछ । सीमानामा रहेर वा सीमाना पारि रहेर गर्नुपर्ने धेरै कुराहरू फरक फरक हुँदारहेछन् । मनप्रसाद सुब्बा सीमानापारि रहेर जेजति काम गरेका छन् ती अब्बल छन् । किनारामा परेका मान्छेहरूका दबेका आवाजलाई बुलन्द गर्न उतिकै काबिल छन् । सहित्यकर्मका सापेक्षतामा उनको योगदानलाई जसरी मूल्याङ्कन गरिएको छ त्यो कम भएको अनुभव गरेका छौँ हामीले । यसै सन्दर्भमा सुब्बाका प्रतिनिधि कवितालाई पेज टर्नर प्रा.लि. काठमाडौँले सार्वजनिक गर्दै छ । ‘साहित्यको कुनै सीमाना हुँदोरहेनछ’ भन्ने बोध भएको छ हामीलाई । कविकर्मको मूल्याङकन भूगोलका आधारमा नभएर कविताको गुणवेत्ताको आधारमा गर्नुपर्छ भन्दै उनका छानिएका कविताहरू सार्वजनिक गरेका छौँ ।

My cart
Your cart is empty.

Looks like you haven't made a choice yet.