राजेन्द्र भण्डारी चर्चित नेपाली भाषी भारतीय कवि हुन् । कवितामा सामाजिक परिवेश र समाजमा विद्यामान गरिबी अभावजस्ता समस्यालाई कविताको विषयवस्तु बनाएका छन् उनले । वर्गीय पक्षधरताका सवालमा उनले हुनेखाने र हुँदा खाने वर्गका बीचको समस्यालाई पनि उठान गरेका छन् । सामन्य जनताका समस्या, प्रशासनिक अकर्मन्यताबाट जनताले पाएको सास्ती र त्यसको सुधारको अपेक्षा उनका कवितामा देखिन्छ । सीमापारि बसेर नेपाली कविता क्षेत्रमा भण्डारीले पुर्याउनु भएको योगदानको कदर गर्दै उनका चयनित कवितालाई सम्पादन गरी प्रकाशन गर्न पाउँदा पेज टर्नर प्रा. लि . गौरवको अनुभव गरिहरेको छ ।